२०८३, कार्तिक ९ गते

Oct 25 2026

भारी वर्षाको पूर्वअनुमानपछि एक्सनमा गृह र ऊर्जामन्त्री

भारी वर्षाको पूर्वअनुमानपछि एक्सनमा गृह र ऊर्जामन्त्री

रोज नेपाल
मंगलवार, आश्विन ६ २०८३
रोज नेपाल
मंगलवार, आश्विन ६ २०८३
  • भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विराजभक्त श्रेष्ठ मंगलबार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुगेका छन्। 

    मन्त्रालयले महाशाखाका अधिकारीहरूसँग प्रत्यक्ष भेट गरी मौसमको पछिल्लो अवस्था र त्यसबाट पर्न सक्ने प्रभावबारे विस्तृत जानकारी अपडेट लिएका हुन् । 

    महाशाखा पुगेर उनीहरूले वर्षाको पूर्वानुमान, सम्भावित जोखिमयुक्त क्षेत्रहरू तथा बाढी, पहिरो र डुबानको अवस्थाबारे गम्भीर रूपमा ब्रिफिङ लिएका थिए । सो क्रममा मन्त्रालयले प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि सबै सरकारी निकाय तथा सुरक्षा संयन्त्रलाई पूर्वतयारी र सतर्कता प्रभावकारी बनाउन निर्देशन दिएका छन् । 

    जल तथा मौसम विज्ञान विभागले यसअघि नै मौसम सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

     यस अवधिमा नदी तथा खोलामा पानीको सतह बढ्ने, आकस्मिक बाढी आउने तथा सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ। जोखिमको पूर्वसूचना समयमै प्रवाह गरी धनजनको क्षति न्यूनीकरण गर्न गृह मन्त्रालय र ऊर्जा मन्त्रालयले एकीकृत रूपमा समन्वय बढाउने समेत मन्त्रीहरूले प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij