२०८३, कार्तिक ९ गते

Oct 25 2026

हर्क साम्पाङ म यो देशको प्रधानमन्त्री बन्छु केही समयपछि हेर्नुहोस्

हर्क साम्पाङ म यो देशको प्रधानमन्त्री बन्छु केही समयपछि हेर्नुहोस्

रोज नेपाल
बुधवार, आश्विन ७ २०८३
रोज नेपाल
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद साम्पाङ आफू देशको प्रधानमन्त्री बन्ने बताएका छन् ।

    एक सार्वजनिक अभिव्यक्तिमा साम्पाङले भने, म यो देशको प्रधानमन्त्री बन्छु। केही समय पछाडि हेर्नुहोस्, हर्क साम्पाङ हुनेछ ।

    उनले देशको नेतृत्व गर्न आवश्यक परे प्रधानमन्त्रीको जिम्मेवारी लिनुपर्ने धारणा राखे ।

    देश सञ्चालनका लागि आवश्यक निर्णय गर्ने अधिकार नेतृत्वको हातमा हुनुपर्ने उनको भनाइ थियो ।

    साम्पाङले प्रधानमन्त्री बन्न विदेशीको दबाब वा स्वार्थअनुसार चल्न आफू तयार नरहेको पनि स्पष्ट पारे ।

    उनी भन्छन् विदेशीको दलाली नै गर्नुपर्ने, विदेशीको पाउमा साष्टाङ्ग दण्डवत् गर्नुपर्ने हो भने म त्यो गर्नेवाला छैन ।

    साम्पाङले राष्ट्रिय स्वाधीनता र देशको उन्नतिलाई आफ्नो राजनीतिक प्राथमिकता रहेको दाबी गरेका छन् । 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij