काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेबीच बुधबार बिहान भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
भेटमा देशको वर्तमान अवस्था, सरकारका पछिल्ला गतिविधि तथा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।
राष्ट्रपति पौडेलले मुलुकको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको सचिवालयले जनाएको छ।
