काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै ।
संविधानको धारा १४९ को उपधारा ९२० को खण्ड ख र ग बमोजिम पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो ।
आयोगका अनुसार आन्तरिक खुलातर्फ २, खुलातर्फ १ र दलिततर्फ १ गरी जम्मा चार पदमा प्रतिस्पर्धा हुनेछ।
आवेदनका लागि आन्तरिक खुला र खुला समूहका उम्मेदवारले २ हजार रुपैयाँ तथा समावेशी समूहअन्तर्गत आवेदन दिने उम्मेदवारले प्रति समूह ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
आयोगले आवेदन दिने अन्तिम म्याद कात्तिक ७ गते तोकेको छ।
विज्ञापन प्रकाशित भएको मितिले ३० दिनभित्र नियमित दस्तुरमा आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।
