२०८३, कार्तिक ९ गते

Oct 25 2026

रूसले ४७ देशका नागरिकलाई युद्धमा प्रयोग गरेको जेलेन्स्कीको आरोप

रूसले ४७ देशका नागरिकलाई युद्धमा प्रयोग गरेको जेलेन्स्कीको आरोप

रोज नेपाल
बिहिवार, आश्विन ८ २०८३
रोज नेपाल
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले विभिन्न ४७ देशका नागरिकलाई छलकपट तथा विभिन्न माध्यमबाट भर्ती गरी युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको आरोप लगाएका छन् ।


    बुधबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले नेपाल, भारत, घाना, ताजिकिस्तान, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत देशका नागरिक रूसी सेनामा प्रयोग भइरहेको दाबी गरे । उनका अनुसार केही विदेशी नागरिक युद्धमा ज्यान गुमाइरहेका छन् । 

    जेलेन्स्कीले सम्बन्धित देशका सरकारलाई आफ्ना नागरिकलाई युद्धमा तानिनबाट रोक्न आग्रह गर्दै रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध विस्तार गर्न नदिन कदम चाल्न अपिल गरे । 

    यसैबीच, भारतको विदेश मन्त्रालयका अनुसार रूसी सेनामा भर्ती भएका २२७ भारतीय नागरिकमध्ये १३९ जना मुक्त भइसकेका छन् भने ५१ जनाको मृत्यु भएको छ । बाँकी नागरिकको रिहाइ तथा स्वदेश फिर्ताका लागि भारतले रूससँग निरन्तर  लफल गरिरहेको जनाएको छ ।


    जेलेन्स्कीले रूसको युद्ध क्षमता कमजोर बनाउन त्यसको आर्थिक तथा वित्तीय स्रोतमा दबाब बढाउन पनि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij