ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट भएर आगलागी हुँदा ७ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
आगलागीबाट घरभित्र रहेका सामानसहित ठूलो धनमालमा क्षति पुगेको बताइएको छ ।
आगो नियन्त्रणमा लिन स्थानीय बासिन्दा तथा सुरक्षाकर्मी परिचालन भएका थिए ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
आगलागीको कारण विद्युत् सर्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
