२०८३, कार्तिक १० गते

Oct 26 2026

नेप्से ११.७७ अंकले बढ्यो

नेप्से ११.७७ अंकले बढ्यो

रोज नेपाल
बिहिवार, आश्विन ८ २०८३
रोज नेपाल
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ११.७७ अंकले बढेर २ हजार ६२९.८१ अंकमा पुगेको छ ।


    बिहीबार बजारमा कुल ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  दिनभर १ करोड ७२ लाख कित्ता शेयर खरिद–बिक्री भएका छन् ।


    कारोबार भएका कम्पनीमध्ये १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ । त्यस्तै, ७ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

    आज नेपाल ल्युब आयलको शेयर मूल्य सबैभन्दा धेरै १२.४७ प्रतिशतले बढेको छ ।  त्यस्तै, सोनापुर मिनरल्स, कुमारी सबल योजना, घोराही सिमेन्ट र सीवाईसी नेपाल लघुवित्तलगायत कम्पनीको शेयर मूल्य पनि बढेको छ ।


    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अगाडि रहेको छ ।  कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij