२०८३, कार्तिक ९ गते

Oct 25 2026

एमालेको ४८ वर्षे यात्रा : नेतृत्व फेरिँदै जाँदा ओली कसरी केन्द्रमा रहे ?

एमालेको ४८ वर्षे यात्रा : नेतृत्व फेरिँदै जाँदा ओली कसरी केन्द्रमा रहे ?

रोज नेपाल
शुक्रवार, आश्विन ९ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । नेकपा एमालेको राजनीतिक यात्रा विभिन्न चरणमा नेतृत्व परिवर्तन, पार्टी विभाजन र पुनःएकीकरण हुँदै अघि बढेको छ ।

    पार्टीको नेतृत्व इतिहास हेर्दा सीपी मैनाली, झलनाथ खनाल, मदन भण्डारी, माधवकुमार नेपाल हुँदै केपी शर्मा ओलीसम्म पुगेको देखिन्छ । 

    एमालेको गठन अघि तत्कालीन  एमाले राजनीतिमा सक्रिय रहेका ओली २०४७ सालमा एमाले गठन भएपछि केन्द्रीय सदस्य हुँदै पार्टीको प्रभावशाली नेतृत्वमा स्थापित भए ।

    २०५४ को छैटौँ महाधिवेशनमा उनले प्रस्तुत गरेको ‘शक्ति सञ्चय’सम्बन्धी कार्यनीति पारित भएको थियो । ओलीको नेतृत्व यात्रा सधैँ सहज भने रहेन ।

    २०६५ सालको आठौँ महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दा ओली पराजित भए । त्यसपछि पनि उनी पार्टीको प्रभावशाली नेताका रूपमा रहे ।

    २०७१ सालमा भएको नवौँ महाधिवेशनबाट ओली एमाले अध्यक्ष बने ।  त्यसयता उनी पार्टीको नेतृत्वमा निरन्तर रहँदै आएका छन् ।  एमाले र माओवादी केन्द्रबीच २०७५ सालमा एकता भएर नेकपा बनेपछि पनि ओली अध्यक्ष बनेका थिए ।  नेकपा विभाजनपछि एमाले पुनःस्थापित हुँदा उनी फेरि पार्टी अध्यक्षको भूमिकामा फर्किए । 

    पछिल्लो समय भने एमालेभित्र ओलीको नेतृत्वलाई लिएर पुनः बहस चर्किएको छ । २०८३ सालमा भएको निर्वाचनपछि पार्टीको नेतृत्व पुनर्गठन, पुस्तान्तरण र संगठन सुधारको विषय उठेको छ । महासचिव शंकर पोखरेलसहित केही नेताले नेतृत्व हस्तान्तरणको बहस अघि सारेका छन् ।  तत्काल ओलीलाई हटाउने प्रस्तावलाई पार्टीको कार्यदलले अघि नबढाउने निर्णय गरेको छ । 

    एमालेको विधानअनुसार अध्यक्ष परिवर्तनका लागि विशेष महाधिवेशनको प्रक्रिया आवश्यक पर्न सक्छ ।  त्यसका लागि निश्चित संख्यामा जिल्ला कमिटी वा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को समर्थन जुटाउनुपर्ने व्यवस्था छ ।  यही कारण अहिलेको नेतृत्व विवाद केवल व्यक्तिको प्रश्न नभई पार्टीको विधान, संगठन पुनर्गठन र पुस्तान्तरणसँग जोडिएको विषय बनेको छ । 

    यसरी एमालेको करिब पाँच दशकको यात्रामा पटक–पटक नेतृत्व फेरिए पनि ओली लामो समयसम्म पार्टीको मुख्य शक्ति केन्द्रका रूपमा रहँदै आएका छन् । अहिले भने उनको नेतृत्व निरन्तर रहने कि पुस्तान्तरणको बाटो खुल्ने भन्ने विषय एमालेभित्रको प्रमुख बहस बनेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij