२०८३, कार्तिक १० गते

Oct 26 2026

आज सुन–चाँदीको भाउ घट्यो

आज सुन–चाँदीको भाउ घट्यो

रोज नेपाल
शुक्रवार, आश्विन ९ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन–चाँदीको भाउ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घटेको छ ।  बिहीबार ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६ सय २० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार २ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij