२०८३, कार्तिक २० गते

Nov 05 2026

जेन जी आन्दोलनका सहिदहरुको सम्झनामा ग्रील तथा स्टील व्यवसायीहरुले गरे दीप प्रज्वलन

जेन जी आन्दोलनका सहिदहरुको सम्झनामा ग्रील तथा स्टील व्यवसायीहरुले गरे दीप प्रज्वलन

आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । २०८२ भाद्र २३ र २४ गते नेपालमा भएको जेनजी बिद्रोहको क्रममा ज्यान गुमाउने सहिदहरुको सम्झनामा ग्रील तथा स्टील व्यवसायीहरुले श्रद्धान्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम गरेका छन् ।
    ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रको आयोजनामा भएको उक्त कार्यक्रम ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रको अध्यक्ष सैलेश ठकुरीको अध्यक्षतामा भएको हो भने कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ठुलोबाबु श्रेष्ठ,उपाध्यक्षहरु केदार अधिकारी,संसोधिन शेष, रुपेन्द्र बानियाँ सुदन बिष्ट,महासचिव विवेकदास श्रेष्ठ ,केन्द्रिय सदस्य तोक बहादुर गधराज ,ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिलकुमार अमात्य,उपाध्यक्षहरु राजुलाल श्रेष्ठ,जुद्ध बहादुर चन्द,महासचिव पशुपति श्रेष्ठ ,जिल्ला सदस्य शर्मिला कार्की को उपस्थिति रहेको थियो ।
    कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं अन्तरगत रहेका बिभिन्न एरिया समितिका अध्यक्ष तथा पदाधिकारी्,स्थानीय बासिन्दा ,युवा तथा मिडियाकर्मी हरुको समेत उपस्थिति रहेको थियो ।
    कार्यक्रमको संचालन ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रका प्रेस सल्लाहकार डि.बि. पराजुलीले गरेका थिए भने सहिदहरुको फोटोमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरेर सहिदहरुप्रति श्रद्धान्जली अपर्ण गरिएको थियो ।
    श्रद्धान्जली मनतव्य राख्दै ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं का अध्यक्ष सुनिलकुमार अमात्यले यतिबेला देशमा भौतिक संरचना मात्र ध्वस्त भएको छैन आम नागरिकको मन समेत बिक्षिप्त भएको ले त्यसमा मल्हम पट्टि लगाउन र भत्किएका संरचना बनाउन संघको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भयो ।
    त्यसै गरि मनतव्य राख्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले महासंघको तर्फबाट विज्ञप्ति मार्फत समवेदना दिई सकेको र आफ्नो मातहतमा रहेका प्रदेश समिति ,जिल्ला समिति ,क्षेत्र र एरियाहरुलाई समेत आफ्नो एरिया भित्र पर्ने ध्वस्त सरकारी संरचना पुन निर्माणमा लाग्न निर्देशन समेत दिई सकेकोले त्यसमा लाग्न सम्पुर्ण व्यवसायीहरुमा आग्रह गर्दै महासंघको तर्फबाट गर्नुपर्ने सहयोगमा कमीहुन नदिने प्रतिबद्धता जाहेर गर्नु भयो ।
    व्यस्त समयको बाबजुद पनि कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णमा आभर व्यक्त गर्देै कार्यक्रमका अध्यक्ष सैलेश ठकुरीले कार्यक्रम समापन गर्नु भएको थियो ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij