२०८३, कार्तिक ९ गते

Oct 25 2026

पाल्पाको अर्चलेमा २४ घण्टामा २०५ मिलिमिटरभन्दा बढी वर्षा

पाल्पाको अर्चलेमा २४ घण्टामा २०५ मिलिमिटरभन्दा बढी वर्षा

रोज नेपाल
शुक्रवार, आश्विन ९ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा देशकै सबैभन्दा धेरै वर्षा भएको छ ।

    नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म अर्चलेमा २०५.२ मिलिमिटर वर्षा मापन गरिएको हो ।

    महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा वर्षा भएको छ ।  केही स्थानमा भारी वर्षासमेत भइरहेको जनाइएको छ ।

    महाशाखाले वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा मापन भएको वर्षाको विवरणसमेत महाशाखाले सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij