काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
सप्तकोशीमा पानीको सतह बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको छ ।
शुक्रबार दिउँसो १ः१५ बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार ९६० क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।
पानीको बहाव बढेसँगै ब्यारेजमा रातो बत्ती बाल्नुका साथै रातो झण्डासमेत फहराइएको छ ।
नदीको जलस्तर अझै बढ्न सक्ने भएकाले कोशी आसपासका तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जलस्तरको अवस्था निरन्तर निगरानी भइरहेको जनाइएको छ।
