२०८३, कार्तिक ९ गते

Oct 25 2026

सामाजिक रूपान्तरणका लागि महिला नेतृत्वको आवाज, यशोदा बुढाथोकी खत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

सामाजिक रूपान्तरणका लागि महिला नेतृत्वको आवाज, यशोदा बुढाथोकी खत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । समाज परिवर्तन केवल भाषणले होइन, निरन्तरको योगदान र सेवाभावले सम्भव हुन्छ भन्ने मान्यतासहित यशोदा बुढाथोकी खत्रीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेकी छन्।

    ‘सामाजिक रूपान्तरणका लागि महिला नेतृत्व’ भन्ने नारालाई अघि सार्दै उनले राजनीतिलाई समाजसेवा, जनसरोकार र समुदायको आवाजसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    समुदायमा रहेर निरन्तर सामाजिक गतिविधिमा सक्रिय बुढाथोकी खत्री सामुदायिक प्रहरी सेवा केन्द्र बाँसबारी, चक्रपथ सरसफाइ अभियान, विभिन्न सार्वजनिक जग्गा संरक्षण समिति तथा महिला समूहहरूमार्फत सामाजिक काममा संलग्न रहँदै आएकी छन्।

    समाजका समस्या नजिकबाट बुझ्दै आएकी उनी महिलाको सहभागिता केवल उपस्थितिमा सीमित नभई निर्णय तहमा अर्थपूर्ण र प्रभावकारी हुनुपर्ने धारणा राख्छिन्।

    महिलाले घर, परिवार र समाजको जिम्मेवारी सम्हाल्दै परिवर्तनका अनेक अभियानमा योगदान दिँदै आए पनि नेतृत्वको मूलधारमा उनीहरूको उपस्थिति अझ सशक्त बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

    यशोदाको उम्मेदवारीलाई सामाजिक सेवाबाट राजनीतिक नेतृत्वतर्फको यात्राका रूपमा पनि हेरिएको छ। सेवा, सहभागिता र जिम्मेवारीलाई राजनीतिक संस्कारसँग जोड्दै उनले कांग्रेसभित्र महिलाको सक्रिय नेतृत्व स्थापित गर्ने लक्ष्य अघि सारेकी छन्।

    उनको सन्देश स्पष्ट छ—समाज बदल्ने हो भने महिलालाई केवल सहभागी होइन, नेतृत्वकर्ताका रूपमा अगाडि बढाउनुपर्छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij