२०८३, कार्तिक ९ गते

Oct 25 2026

भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर बनाउने मुख्यमन्त्रीको घोषणा

भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर बनाउने मुख्यमन्त्रीको घोषणा

रोज नेपाल
आइतवार, आश्विन ११ २०८३
रोज नेपाल
आइतवार, आश्विन ११ २०८३
  • भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने बताएका छन् ।

    आइतबार भक्तपुर नागरिक समाजले विश्व पर्यटन दिवसका अवसरमा नेपाल प्रेस सोसाइटीमा आयोजना गरेको  हाे ।

    भक्तपुरमा पर्यटनको सम्भावना र अवसर’ विषयक अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री थापामगरले विपन्न तथा बाढी प्रभावित परिवारको आवास निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।

    उनका अनुसार बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको छ । चालु बजेटमा रहेका कम प्राथमिकताका कार्यक्रम तथा केही विकास बजेट कटौती गरी प्रभावित क्षेत्रमा तत्काल बजेट परिचालन गरिने उनले बताए ।

    आर्थिक मामिला मन्त्रीको संयोजकत्वमा विभिन्न मन्त्रालयका चालु आर्थिक वर्षमा सञ्चालन नगर्दा पनि हुने कार्यक्रम पहिचान गरी बजेट कटौतीको प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री थापामगरले जानकारी दिए ।

    प्रत्येक मन्त्रालयबाट करिब १० प्रतिशतसम्म बजेट कटौती गर्न सके करिब पाँच अर्ब रुपैयाँ बचत हुने र उक्त रकम बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनामा खर्च गरिने उनले बताए ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij