आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७ सय रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले महँगिएको हो ।
महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य पुनः प्रतितोला तीन लाख रुपैयाँ नजिक पुगेको छ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
