२०८३, आश्विन १ गते

Sep 17 2026

'मिस्टर नेपाल २०२५' को उपाधि हिमाञ्चललाई

'मिस्टर नेपाल २०२५' को उपाधि हिमाञ्चललाई

आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं ।  'मिस्टर नेपाल २०२५' को उपाधि ललितपुरका हिमाञ्चल राज केसीले जितेका छन्।

    शनिबार साँझ होटल सोल्टीमा आयोजित 'मिस्टर नेपाल २०२५' को ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन्।

    तीन शीर्ष विजेता छानिएको प्रतियोगितामा भद्रपुर झापाका गिरिश रत्न शाक्य 'मिस्टर ग्लोबल नेपाल' र मोरङका प्रकाश चौहान 'म्यान अफ द वर्ल्ड' घोषित भए।

    विजेताहरूले 'मिस्टर वर्ल्ड २०२५', 'मिस्टर ग्लोबल २०२५' र 'म्यान अफ द वर्ल्ड' मा नेपालको प्रतिनिधित्वका साथै ५ लाख बराबरको पुरस्कार हात पारेका छन्।

    प्रतियोगितामा २८ युवाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। सबै प्रतियोगी पौडी, फुटबल, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जनभन्दा बढी विषयको प्रशिक्षणसहित फाइनलमा उत्रिएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए।

    प्रतियोगिताको कोरियोग्राफर तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका थिए।

    सन् २००१ देखि नियमित आयोजना हुँदै आएको यो प्रतियोगिता पुरुषहरू सहभागी हुने नेपालकै ठूलो र प्रतिष्ठित भएको आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले बताइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij