२०८३, कार्तिक ९ गते

Oct 25 2026

हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

रोज नेपाल
आइतवार, आश्विन ११ २०८३
रोज नेपाल
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । मनाङको नार–फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना सम्पर्कविहीन भएका छन् । 

    एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका अनुसार हिमपहिरोमा परी हिमालयन होलिडेज नेपालका ८ जना र इम्याजिन नेपालका २ जना सम्पर्कविहीन भएका हुन् । उनीहरू सबै नेपाली रहेको जनाइएको छ । 

    घटनापछि खोज तथा उद्धारका लागि पर्वतारोही गाइडसहितको टोली परिचालन गरिएको छ । मौसम प्रतिकूल भएका कारण उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ। 

    पर्यटन विभागले पनि घटनाबारे जानकारी संकलन गर्दै उद्धार प्रयास समन्वय गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij