काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम कहिले हुने हो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभामा सांसद राईले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको समयबारे सभामुखमार्फत जानकारी मागेका हुन् ।
यसअघि जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिएका थिए । उक्त क्रममा विभिन्न दलका सांसदहरूले प्रधानमन्त्रीसँग समसामयिक विषयमा प्रश्न गरेका थिए ।
सांसद राईले प्रधानमन्त्रीसँग नियमित रूपमा प्रश्नोत्तर हुने व्यवस्था र त्यसको समयतालिकाबारे चासो व्यक्त गरेका हुन् ।
