२०८३, आश्विन २ गते

Sep 18 2026

केनको ह्याट्रिकमा बायर्नको शतप्रतिशत जित

केनको ह्याट्रिकमा बायर्नको शतप्रतिशत जित

आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  •  काठमाडौं । ह्यारी केनको ह्याट्रिक मद्दतमा बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा होफेनहेइमलाई ४-१ ले पराजित गर्दे शतप्रतिशत जित यात्रालाई कायम राखेको छ ।

    होफेनहेइमको मैदानमा भएको खेलमा केनले पहिलो हाफको ४४औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । उनले ४८औं र ७७औं मिनेटमा पेनाल्टीबाट गोल गरी ह्याट्रिक पूरा गरे ।

    यस सिजन केनको यो दोस्रो ह्याट्रिक हो । यस्तै सर्ज जीनाब्रीले इन्जुरी टाइमको नवौँ मिनेटमा बायर्नका लागि चौथो गोल गरे ।

    होपेनहेइमका लागि भ्लादिमीर काउफलले ८०औं मिनेटमा एक गोल फर्काए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij