२०८३, कार्तिक १० गते

Oct 26 2026

प्रतिनिधिसभा बैठक आज, पाँच विधेयक कार्यसूचीमा

प्रतिनिधिसभा बैठक आज, पाँच विधेयक कार्यसूचीमा

रोज नेपाल
मंगलवार, आश्विन १३ २०८३
रोज नेपाल
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा प्रक्रिया अघि बढाउने कार्यसूची तय गरिएको छ।

    बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

    त्यसैगरी, मन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

    बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम छ।

    यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्नेछिन्।

    प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने यी विधेयक तथा प्रतिवेदनमाथि निर्धारित प्रक्रियाअनुसार छलफल र निर्णयको प्रक्रिया अघि बढ्नेछ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij