२०८३, कार्तिक १० गते

Oct 26 2026

नागढुंगा सुरुङमार्ग भित्र ओभरटेक गर्ने दुई माइक्रोबस कारबाहीमा

नागढुंगा सुरुङमार्ग भित्र ओभरटेक गर्ने दुई माइक्रोबस कारबाहीमा

रोज नेपाल
मंगलवार, आश्विन १३ २०८३
रोज नेपाल
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं । नागढुंगा सुरुङमार्गभित्र सवारीसाधन ओभरटेक गर्ने दुई माइक्रोबसलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ ।

    सोमबार सुरुङमार्गभित्र ओभरटेक गरी सवारी चलाएको भन्दै बा.प्र.०१–००६ ख ८८८० र बा.प्र.०१–००७ ख १७९४ नम्बरका माइक्रोबसलाई कारबाही गरिएको हो ।

    ट्राफिक प्रहरीका अनुसार सुरुङमार्गभित्र ओभरटेक गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकले ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ ।

    कारबाहीमा परेका चालक बलराम सिवाकोटी र बालकृष्ण श्रेष्ठलाई जनही ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ 

    प्रहरीले सुरुङमार्गमा निर्धारित गति, लेन अनुशासनलगायत ट्राफिक नियम पालना गरी सुरक्षित यात्रा गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ। साथै, सुरुङमार्गभित्र जथाभावी ओभरटेक नगर्न र सम्भावित दुर्घटनाबाट बच्न सचेत गराएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij