२०८३, कार्तिक ९ गते

Oct 25 2026

रेखा–पूजाको ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय

रेखा–पूजाको ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय

रोज नेपाल
मंगलवार, आश्विन १३ २०८३
रोज नेपाल
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं । अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘छत्तीसको आँकडा’ आगामी मङ्सिर २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

    अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसरमा रेखाकै ‘बीआर क्याफे’मा आयोजित कार्यक्रममा फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

    रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंह मुख्य भूमिकामा छन् ।

    फिल्ममा रेखाको जोडीका रूपमा महेश त्रिपाठी र पूजाको जोडीका रूपमा पुष्प खड्का देखिनेछन् । रेखा र निर्देशक श्रेष्ठले यसअघि ‘रामप्यारी, तथास्तु’, काली इशारा र कसले चोर्‍यो मेरो मन लगायतका फिल्ममा सहकार्य गरेका थिए । 

    त्यस्तै, रेखा र पूजा शर्मा ‘उपहार’पछि पुनः एउटै फिल्ममा देखिन लागेका हुन् । फिल्मको नेपालभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij