२०८३, कार्तिक ९ गते

Oct 25 2026

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत गुमेपछि सरकारको वैकल्पिक तयारी

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत गुमेपछि सरकारको वैकल्पिक तयारी

रोज नेपाल
बुधवार, आश्विन १४ २०८३
रोज नेपाल
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले वैकल्पिक विद्युत व्यवस्थापनको तयारी थालेको छ ।

    बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत आपूर्ति अवरुद्ध भएको छ ।  यसले ती प्रसारण लाइनमा चाप बढेपछि वैकल्पिक आपूर्ति प्रणाली विकास गर्ने तयारी अघि बढाइएको हो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयमा नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएर वैकल्पिक व्यवस्थापनको काम गरिरहेको मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिए ।

    मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौं महानगरपालिकासँग थप भूमिगत विद्युत ग्रिड निर्माण तथा हिउँदमा विद्युत व्यवस्थापन गर्ने विषयमा छलफल गरेको छ ।  भूमिगत ग्रिडलाई थप व्यवस्थित र विश्वसनीय बनाउने तयारी गरिएको छ ।


    काठमाडौं उपत्यकाभित्र विशेषगरी बालाजु, चपलीलगायत क्षेत्रमा विद्युत आपूर्ति व्यवस्थापनलाई ध्यानमा राखेर वैकल्पिक प्रणाली विकास गर्ने तयारी भइरहेको छ ।

    हिउँदमा विद्युतको माग बढ्ने भएकाले अहिले नै वैकल्पिक आपूर्ति व्यवस्था बलियो बनाउने उद्देश्यले काम अघि बढाइएको हो ।  सडक विभाग, काठमाडौं महानगरपालिका र विद्युत प्राधिकरणबीच भूमिगत तार व्यवस्थापनमा सहकार्य गर्ने सहमति भएको छ।

    सडक विभागले भूमिगत ग्रिड निर्माणमा आवश्यक सहयोग गर्ने तथा काठमाडौं महानगरपालिकाले फुटपाथभित्र भूमिगत तार व्यवस्थापनमा सहकार्य गर्ने जनाएको छ ।  प्राधिकरणले पनि उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित गर्दै हिउँदे विद्युत माग व्यवस्थापनमा आवश्यक काम अघि बढाउने जनाएको छ । 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij