२०८३, कार्तिक १० गते

Oct 26 2026

धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो

धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो

रोज नेपाल
बुधवार, आश्विन १४ २०८३
रोज नेपाल
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढेको छ ।

    नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले सङ्घीय संसद्को अर्थ समितिमा प्रस्तुत गरेको तथ्याङ्कअनुसार डिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख ९५ हजार पुगेको छ ।

    बुधबार बसेको अर्थ समितिको बैठकमा अध्यक्ष भट्टले हालसम्म ५१ लाख २२ हजारभन्दा बढी ‘मेरो सेयर’ खाता सक्रिय रहेको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको सङ्ख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको छ ।

    बोर्डका अनुसार नेपालको पुँजी बजारमा साधारण सेयरको हिस्सा सबैभन्दा बढी छ ।  सङ्गठित   संस्थाले सङ्कलन गरेको कुल पुँजीमध्ये साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत रहेको छ ।

    त्यस्तै, संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत, सामूहिक लगानी कोषको १४.८१ प्रतिशत, विशिष्टीकृत लगानी कोषको ५.१७ प्रतिशत र अग्राधिकार सेयरको हिस्सा २.१७ प्रतिशत रहेको    बोर्डले जनाएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij