२०८३, कार्तिक ९ गते

Oct 25 2026

टी–२० आई बलिङ वरीयतामा ललितको ३८ स्थानको छलाङ

टी–२० आई बलिङ वरीयतामा ललितको ३८ स्थानको छलाङ

रोज नेपाल
बुधवार, आश्विन १४ २०८३
रोज नेपाल
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौं । नेपाली क्रिकेट टोलीका बायाँहाते स्पिनर ललित राजवंशीले आईसीसी टी–२० आई बलिङ वरीयतामा उल्लेख्य सुधार गरेका छन् । 

    आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार ललित ३८ स्थान माथि उक्लिँदै ८०औँ स्थानमा पुगेका छन् । उनको रेटिङ अंक ४६८ रहेको छ ।

    जापानमा भएको एसियन गेम्समा नेपालले दुई खेल खेले पनि एक खेलमा मात्रै बलिङ गरेको थियो । अफगानिस्तानविरुद्धको खेलमा ललितले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिएका थिए ।  यही प्रदर्शनपछि उनको वरीयतामा सुधार आएको हो ।

    उनको पछिल्लो खेल तथ्यांकमा पनि अफगानिस्तानविरुद्ध ३–१३ को प्रदर्शन देखिन्छ ।  यस्तै, टी–२० आई बलिङ वरीयतामा सन्दीप लामिछाने दुई स्थान सुधार गर्दै ४७औँ तथा दीपेन्द्रसिंह ऐरी एक स्थान माथि उक्लिँदै ५९औँ स्थानमा पुगेका छन् ।

    टी–२० आई अलराउन्डरतर्फ भने दीपेन्द्रसिंह ऐरी चौथो स्थानमै यथावत् छन् ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij