२०८३, कार्तिक ९ गते

Oct 25 2026

हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो

हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो

रोज नेपाल
बिहिवार, आश्विन १५ २०८३
रोज नेपाल
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौं । मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ।

    बेपत्ताको खोजी तथा उद्धारका लागि परिचालित नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले बुधबार थप चार शव फेला पारेको हो। पासाङकाजी शेर्पाको नेतृत्वमा रहेको अनुभवी पर्वतारोही तथा माउन्टेन गाइड टोलीले प्रतिकूल परिस्थितिका बीच खोजी कार्यलाई निरन्तरता दिएको थियो।

    एसोसिएसनका अनुसार शेर्पाले चार जनाको शव फेला परेको जानकारी दिएका छन्। पछिल्लो खोजीबाट हिमलुङ हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ।

    गत ९ असोजदेखि मौसम प्रतिकूल बन्दै गएपछि हिमलुङ हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोले आधार शिविर प्रभावित हुँदा १६ जना बेपत्ता भएका थिए।

    हालसम्म ११ जनाको शव फेला परिसकेको छ भने अझै पाँच जना सम्पर्कविहीन छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको एसोसिएसनले जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij