२०८३, कार्तिक ९ गते

Oct 25 2026

दशैंको किनमेलले भरियो असन–इन्द्रचोक, बजारमा बढ्यो चहलपहल

दशैंको किनमेलले भरियो असन–इन्द्रचोक, बजारमा बढ्यो चहलपहल

रोज नेपाल
शनिवार, आश्विन १७ २०८३
रोज नेपाल
शनिवार, आश्विन १७ २०८३
  • काठमाडौं । दशैं नजिकिँदै जाँदा राजधानी काठमाडौंको प्रमुख व्यापारिक क्षेत्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको भीड बढ्न थालेको छ।

    शनिबार बिहानैदेखि विभिन्न स्थानबाट दशैंको तयारीका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण असन–इन्द्रचोक क्षेत्रमा पुगेका छन्। कपडा, जुत्ता, खाद्यान्न तथा घरायसी सामग्री खरिद गर्नेहरूको चाप बढेपछि बजार क्षेत्रमा सामान्य दिनको तुलनामा निकै बढी भीड देखिएको हो।

    मानिसको आवागमन बढेसँगै असन, इन्द्रचोक आसपासका सडकमा सवारीसाधनको चापसमेत बढेको छ। पैदल यात्रु र सवारीसाधनको बाक्लो उपस्थितिका कारण कतिपय स्थानमा आवतजावत प्रभावित भएको देखिन्छ।

    दशैंका लागि आवश्यक सामग्री खरिद गर्ने मुख्य समय सुरु भएसँगै आगामी दिनमा पनि यी क्षेत्रमा चहलपहल अझ बढ्ने व्यवसायीहरूको अपेक्षा छ।

    Asan-Indrachowk10.jpg
    Asan-Indrachowk5.jpg

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij