२०८३, कार्तिक ९ गते

Oct 25 2026

खुलामञ्चमा आज कांग्रेस महाधिवेशनको उद्घाटन,

खुलामञ्चमा आज कांग्रेस महाधिवेशनको उद्घाटन,

रोज नेपाल
आइतवार, आश्विन १८ २०८३
रोज नेपाल
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।

    उद्घाटनपछि महाधिवेशनका अन्य प्रक्रिया अघि बढ्नेछन्। बन्दसत्र सोमबारदेखि सुरु हुने र निर्वाचनसम्बन्धी कार्यक्रम त्यसपछि अघि बढ्ने कार्यतालिका रहेको छ।

    महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट ठूलो संख्यामा प्रतिनिधि काठमाडौं आएका छन्। सहभागीको चापलाई ध्यानमा राख्दै आयोजकले सवारी व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ।

    महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा प्रतिनिधिका सवारीसाधन पार्किङका लागि काठमाडौंका विभिन्न स्थानमा व्यवस्था मिलाइएको छ।

    प्रतिनिधिका सवारीका लागि धरहरा क्षेत्रको अन्डरग्राउन्ड पार्किङ, माइतीघरदेखि भद्रकालीसम्मको एकतर्फी सडक, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसर लगायतका स्थान प्रयोग गर्ने व्यवस्था गरिएको छ।

    त्यसैगरी पुरानो बसपार्क आसपास र भृकुटीमण्डप क्षेत्रमा समेत सवारी पार्किङ व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय भइरहेको आयोजकले जनाएको छ।

    कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका प्रवक्ताले बताएका छन्। महाधिवेशनलाई यसपटक नीति, कार्यक्रम तथा नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij