काठमाडौँ । बजार नियमनकारी सरकारी निकायको आदेशलाई ठाडो चुनौती दिँदै उपभोगका लागि अयोग्य ठहरिएको एक ब्रान्डको चिया नेपाली बजारमा निर्धक्क बेचिरहेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मानव स्वास्थ्यका लागि हानिकारक प्रमाणित गर्दै रोक लगाएको 'साई कृपा गोल्ड चिया' देशकै प्रतिष्ठित व्यापारिक केन्द्र भाट भटेनी सुपरमार्केटमा अझै पनि बिक्री भइरहेको फेला परेको हो ।
विशिष्ट ब्याचमा भेटिएको थियो मिसावट
केही समयअघि विभागले बजारबाट संकलन गरेका नमुनाहरूको प्रयोगशाला परीक्षण गर्दा साई कृपा चिया उद्योगद्वारा उत्पादित १ हजार ग्रामको चियामा अखाद्य कृत्रिम रसायन फेला पारेको थियो ।
केही समयअघि विभागले बजारबाट संकलन गरेका नमुनाहरूको प्रयोगशाला परीक्षण गर्दा साई कृपा चिया उद्योगद्वारा उत्पादित १ हजार ग्रामको चियामा अखाद्य कृत्रिम रसायन फेला पारेको थियो ।
विशेष गरी ब्याच नम्बर ‘८३ डी ०५’ मा कैफियत भेटिएपछि विभागले सो ब्याच सहित उक्त उद्योगका सम्पूर्ण उत्पादनहरूको बिक्री वितरण तत्काल बन्द गर्न र बजारमा गइसकेका सामान फिर्ता लिन कडा निर्देशन जारी गरेको थियो ।
दसैँ बजारको फाइदा उठाउने दाउ
सरकारी निर्देशन र उपभोक्ताको जनस्वास्थ्यप्रति हदैसम्मको गैर जिम्मेवारीपन देखाउँदै उत्पादक र बिक्रेता दुवैले ती अखाद्य सामग्री बजारबाट हटाएका छैनन् ।
सरकारी निर्देशन र उपभोक्ताको जनस्वास्थ्यप्रति हदैसम्मको गैर जिम्मेवारीपन देखाउँदै उत्पादक र बिक्रेता दुवैले ती अखाद्य सामग्री बजारबाट हटाएका छैनन् ।
दसैँको महाचाडमा उपभोक्ताहरूको भीड बढ्ने र सामानको खपत उच्च हुने मौकाको अनुचित फाइदा उठाउँदै पुराना स्टकहरू सिध्याउने (स्टक क्लियर) खेलमा यो अखाद्य चिया बजारमा प्रवाह भइरहेको छ ।
फितलो अनुगमनमाथि प्रश्न
खाद्य प्रविधि विभाग जस्तो जिम्मेवार निकायले अखाद्य घोषणा गरिसकेको वस्तु यसरी राजधानीकै ठूला सुपरमार्केटहरूमा सहजै उपलब्ध हुनुले सरकारको बजार अनुगमन संयन्त्र र कानुनी कार्यान्वयनको फितलो अवस्थालाई उदाङ्गो पारेको छ ।

व्यापारीहरूको यस्तो चरम लापरवाहीका कारण चाडबाडको सपिङमा निस्किएका लाखौँ आम उपभोक्ताहरूको स्वास्थ्य गम्भीर जोखिममा परेको छ ।