२०८३, कार्तिक १० गते

Oct 26 2026

‘कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्र जोगाउने बेला आयो’-महासचिव पोखरेल

‘कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्र जोगाउने बेला आयो’-महासचिव पोखरेल

रोज नेपाल
सोमवार, आश्विन १९ २०८३
रोज नेपाल
सोमवार, आश्विन १९ २०८३
  •  
    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यबाट लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई नयाँ दिशामा अघि बढाउनुपर्ने बताएका छन्।
    नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापासँग आफ्नो पुस्ताले विगतका लोकतान्त्रिक आन्दोलनमा सहकार्य गरेको स्मरण गरे। उनले त्रिचन्द्र क्याम्पसमा भएको राजनीतिक आन्दोलनदेखि गणतन्त्र स्थापनाको अभियानसम्म आफूहरू एउटै मोर्चामा रहेको बताए।
    गगन थापा कांग्रेसको नेतृत्वमा आउनुलाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै पोखरेलले विगतमा राणा शासन, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनविरुद्ध कांग्रेस र एमालेले मिलेर संघर्ष गरेको स्मरण गरे। अब पनि लोकतन्त्रको रक्षा र देशको रूपान्तरणका लागि सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
    पोखरेलले वर्तमान सरकार राजनीतिक दल र संसद्सँग पर्याप्त संवाद नगरी अघि बढिरहेको आरोप लगाए। प्रधानमन्त्रीले संसद् र जनताका आवाजलाई बेवास्ता गरिरहेको भन्दै उनले सरकारको कार्यशैलीलाई ‘स्वेच्छाचारी’ भएको टिप्पणी गरे।
    युवामा बढ्दै गएको निराशालाई सम्बोधन गर्न राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले युवाका सपना पूरा गर्ने जिम्मेवारी सबै दलको साझा भएको बताए।
    कांग्रेसको १५औँ महाधिवेशनले जनताका आकांक्षा र समसामयिक मुद्दालाई केन्द्रमा राखेर नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास पनि पोखरेलले व्यक्त गरे। सूचना प्रविधिको विकासमा कांग्रेस र एमालेले खेलेको भूमिकालाई निरन्तरता दिनुपर्ने उनको धारणा थियो।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij