२०८३, कार्तिक १० गते

Oct 26 2026

साहित्यको समृद्धिका लागि सर्जकबीच एकता आवश्यक : पौडेल

साहित्यको समृद्धिका लागि सर्जकबीच एकता आवश्यक : पौडेल

रोज नेपाल
सोमवार, आश्विन १९ २०८३
रोज नेपाल
सोमवार, आश्विन १९ २०८३
  •  
    काठमाडौं । गजलकार ज्ञानुवाकर पौडेलले नेपाली साहित्यको विकास र सर्जकको सम्मानका लागि साहित्यकारहरूबीच सहकार्य, सामूहिकता र एकताको भावना बलियो बनाउनुपर्ने बताएका छन्।
    नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित साहित्यिक कार्यक्रममा बोल्दै पौडेलले पछिल्लो समय साहित्यिक क्षेत्रमा सामूहिकताको भावना कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे। ठूलो संख्यामा सर्जक सक्रिय रहे पनि उनीहरूले अपेक्षित सम्मान र मूल्यांकन पाउन नसकेको उनको भनाइ थियो।
    नेपाली साहित्यका विभिन्न विधामा नयाँ पुस्ताका सर्जकहरूको सक्रियता बढ्दै गएको उल्लेख गर्दै पौडेलले यसले साहित्यको भविष्यप्रति आशावादी हुने आधार दिएको बताए।
    प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. बालकृष्ण अधिकारीले चन्द्रबहादुर तामाङको उपन्यास ‘औँसीको जून’ माथि समीक्षात्मक धारणा राखे। ‘स्रष्टा विशेष’मा कवि रीता खत्रीले आफ्ना सात कविता प्रस्तुत गरिन्।
    यस्तै, पूर्णविरामको कविता वाचन प्रतियोगितामा रेणुका भट्टराई प्रथम भइन्। कार्यक्रममा विभिन्न पुस्ताका करिब दुई दर्जन साहित्यकारले कविता, गजललगायत सिर्जना प्रस्तुत गरेका थिए।
    कार्यक्रममा प्रमुख अतिथि पौडेल, कृतिकार, समीक्षक तथा स्रष्टाहरूलाई सम्मान तथा खादा प्रदान गरिएको आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij