२०८३, कार्तिक १० गते

Oct 26 2026

मोबाइलबाटै बिजुलीको बिल तिर्ने व्यवस्था प्रभावकारी बनाउन ऊर्जामन्त्रीको निर्देशन

मोबाइलबाटै बिजुलीको बिल तिर्ने व्यवस्था प्रभावकारी बनाउन ऊर्जामन्त्रीको निर्देशन

रोज नेपाल
सोमवार, आश्विन १९ २०८३
रोज नेपाल
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

    हेटौँडामा विद्युत् डिभिजन कार्यालयका प्रमुखहरूसँग भएको छलफलमा मन्त्री श्रेष्ठले सूचना प्रविधिको युगमा पनि नागरिकले बिजुलीको बिल तिर्न कार्यालयमा   घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । 

    उनले प्राधिकरण सञ्चालक समितिबाट डिजिटल पेमेन्ट विस्तार गर्ने योजना स्वीकृत भइसकेको जानकारी दिँदै त्यसको प्रभावकारी कार्यान्वयनसँगै नागरिकमा जनचेतना बढाउनुपर्नेमा जोड दिए ।

    मन्त्री श्रेष्ठका अनुसार डिजिटल भुक्तानी बढ्दा नागरिकको समय र लागत बचत हुनुका साथै कार्यालयमा आवश्यक जनशक्तिलाई अन्य सेवामा परिचालन गर्न सहज हुन्छ । उनले डिजिटल पेमेन्टलाई अभियानकै रूपमा अघि बढाउन निर्देशन दिए ।

    विद्युतीय भुक्तानीको प्रयोग बढे पनि अपेक्षाअनुसार सन्तोषजनक नभएको भन्दै उनले प्राधिकरणले थप पहल गर्नुपर्ने बताए । गत वर्ष विद्युतीय भुक्तानीको दरमा एक प्रतिशतभन्दा बढी वृद्धि हुन नसकेको उनको भनाइ थियो ।


    मन्त्री श्रेष्ठले विद्युत् चुहावट नियन्त्रण  विद्युत् संरचनाको संरक्षण तथा पोलको नियमित मर्मतसम्भार र गस्तीमा समेत ध्यान दिन डिभिजन प्रमुखहरूलाई निर्देशन दिएका छन् । साथै, ट्रिपिङ हुँदा ग्राहकलाई समयमै सूचना र सेवा उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij