२०८३, कार्तिक ९ गते

Oct 25 2026

पहिलो विदेश भ्रमणमा भारत जाँदै गृहमन्त्री गुरुङ

पहिलो विदेश भ्रमणमा भारत जाँदै गृहमन्त्री गुरुङ

रोज नेपाल
सोमवार, आश्विन १९ २०८३
रोज नेपाल
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारतको नयाँ दिल्ली जाने भएका छन् ।

    मन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । गुरुङ बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन भारत जान लागेका हुन् ।

    बैठक असोज २७ गते नयाँ दिल्लीमा हुनेछ । बैठकमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् । 

    बैठकमा आतंकवाद तथा अन्तरदेशीय अपराध नियन्त्रणलगायत क्षेत्रीय सुरक्षा सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।

    भ्रमणका क्रममा गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारीसमेत रहेको छ । 

    गृहमन्त्री गुरुङ असोज २८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij