काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहक जिम्मेवारी सम्हाल्ने भएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेका कारण प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्रीको निर्णयसँगै मन्त्री श्रेष्ठले ऊर्जा मन्त्रालयसँगै अर्थ र परराष्ट्र मन्त्रालयको दैनिक प्रशासनिक तथा आवश्यक कामकारबाहीसमेत हेर्नेछन् ।
