२०८३, कार्तिक ९ गते

Oct 25 2026

कांग्रेसमा देउवा पक्षको समानान्तर महाधिवेशन प्रक्रिया अघि बढ्दै

कांग्रेसमा देउवा पक्षको समानान्तर महाधिवेशन प्रक्रिया अघि बढ्दै

रोज नेपाल
मंगलवार, आश्विन २० २०८३
रोज नेपाल
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर संस्थापन पक्ष र पूर्व सभापति शेरबहादुर देउवा पक्षबीच समानान्तर संगठनात्मक गतिविधि तीव्र बनेको   छ ।

    गगन थापा नेतृत्वको पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नभई देउवा पक्षले वडा तहदेखि नै छुट्टै अधिवेशन प्रक्रिया अघि बढाएको हो । 

    देउवा पक्षले सर्वोच्च अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विवाद पुनरवलोकनको प्रक्रियामा रहेकाले आफ्नो दाबी कायम रहेको बताउँदै समानान्तर महाधिवेशनको तयारी अघि बढाएको छ ।

    उक्त पक्षले वडा, पालिका, प्रदेश तथा क्षेत्रीय, जिल्ला र प्रदेश अधिवेशन हुँदै मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ । 

    यसैबीच, देउवा आफू निकट नेताहरूसँग अदालतको फैसला आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताइएको छ। उनी निकट एक नेताका अनुसार देउवा सर्वोच्च अदालतको फैसला आफ्नै पक्षमा आउनेमा ढुक्क छन् । 

    यता गगन थापा नेतृत्वको पक्षले भने आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइ रहेको छ । यसरी एउटै पार्टीभित्र दुई पक्षबाट समानान्तर महाधिवेशन प्रक्रिया अघि बढे पछि कांग्रेसको वैधानिकता र आगामी नेतृत्वलाई लिएर विवाद थप चर्किएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij