काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गर्ने निर्णय गरेका छन् ।
महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ ।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ता दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म हुँदैछ ।
शर्माले यसअघि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए ।
उनले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष जोड्ने, दूरदराजका नागरिकका समस्या र आवश्यकतालाई पार्टीको राजनीतिक एजेन्डा सँग जोड्ने आफ्नो उद्देश्य रहेको बताएका छन् ।
शर्मा मोरङ–३ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
उनी २०५४ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताइएको छ।
