२०८३, कार्तिक १० गते

Oct 26 2026

चुनावी मैदानमा प्रदीप पौडेल: महामन्त्री पदमा फेरि दिए उम्मेदवारी

चुनावी मैदानमा प्रदीप पौडेल: महामन्त्री पदमा फेरि दिए उम्मेदवारी

रोज नेपाल
मंगलवार, आश्विन २० २०८३
रोज नेपाल
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
     
    मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा पुगेर उहाँले खुला समूहअन्तर्गत महामन्त्री पदका लागि आफ्नो मनोनयन दर्ता गराउनुभएको हो ।
     
    यसअघि विशेष महाधिवेशनबाट समेत महामन्त्री पदमा निर्वाचित भई कार्यभार सम्हालि सक्नुभएका नेता पौडेलले पार्टीको आन्तरिक सुदृढीकरण र रूपान्तरणका लागि आफ्नो दाबेदारीलाई निरन्तरता दिनुभएको हो ।
     
    कांग्रेसको संशोधित विधानअनुसार खुला र समावेशी गरी महामन्त्री पदका लागि तीव्र प्रतिस्पर्धा भइरहेका बेला पौडेलको यो मनोनयन दर्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij