काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य बासना थापाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएकी छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता भइरहेको छ ।
महाधिवेशनमा देशभरबाट निर्वाचित ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्दैछन् ।
दैलेख–१ बाट प्रतिनिधिसभा सदस्य रहेकी थापा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिमा आफ्नो दाबी प्रस्तुत गर्दै केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएकी हुन् ।
कांग्रेसले यसपटक केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ ।
मनोनयन दर्ता आज दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
