काठमाडौं । यस वर्षको दसैँमा घर जाने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।
दसैँका बेला राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमनका लागि अग्रिम टिकट बुकिङ खुलाउन लागिएको विभागले जनाएको छ ।
यात्रु व्यवस्थापनका लागि यातायात व्यवसायी, सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्ने तयारीसमेत भइरहेको छ।
