२०८३, कार्तिक ९ गते

Oct 25 2026

साइबेरियामा मृत्यु, प्लेगको आशंकाले बढायो चासो

साइबेरियामा मृत्यु, प्लेगको आशंकाले बढायो चासो

रोज नेपाल
बुधवार, आश्विन २१ २०८३
रोज नेपाल
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । रुसको साइबेरियास्थित एक अनुसन्धान संस्थानमा कार्यरत महिलाको अज्ञात कारणले मृत्यु भएपछि सम्भावित प्लेग सङ्क्रमणबारे चासो बढेको छ ।

    यद्यपि, हालसम्म उनको मृत्यु प्लेग सङ्क्रमणकै कारण भएको पुष्टि भएको छैन ।
    इर्कुत्स्कस्थित एन्टिप्लेग रिसर्च इन्स्टिच्युटमा कार्यरत ती महिलाको गत साता मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् ।

    प्रारम्भिक विवरणमा उनको मृत्यु अज्ञात कारणले भएको निमोनियाका कारण भएको जनाइएको छ ।  घटनाबारे स्वास्थ्य अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घटनाबारे छिट्टै टेलिफोन वार्ता गर्ने बताएका छन् । मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी गुप्तचर निकायले घटनासम्बन्धी सङ्कलन गरेको जानकारी अध्ययन भइरहेको र थप विवरण बुधबार सार्वजनिक हुन सक्ने बताएका हुन् ।

    यसअघि ट्रम्पले आवश्यक परे अमेरिकाले रुसलाई सहयोग गर्न तयार रहेको बताएका थिए ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भने रुसबाहिर यस घटनाबाट सङ्क्रमण फैलिने जोखिम निकै कम रहेको जनाएको छ । डब्ल्यूएचओले रुसी अधिकारीहरूसँग सम्पर्कमा रहेर घटनाबारे जानकारी लिइरहेको बताएको छ ।

    प्लेग गम्भीर संक्रामक रोग भए पनि साइबेरियाको पछिल्लो घटनामा प्लेग नै भएको पुष्टि भइसकेको छैन । त्यसैले यसलाई अहिले नै प्लेग प्रकोपका रूपमा व्याख्या गर्न नमिल्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

    यस घटनाको समयमा ट्रम्प–पुटिन सम्भावित वार्ता र रुसमाथि थप अमेरिकी प्रतिबन्धको तयारी पनि चर्चामा रहेकाले घटनालाई अन्तर्राष्ट्रिय रूपमा चासोका     साथ हेरिएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij