२०८३, कार्तिक २० गते

Nov 05 2026

मोडल बिजेन्द्र नौबागेले हात पारे “बर्ष सर्बोउत्कृष्ट आधुनिक गित म्युजिक भिडियो मोडल अवार्ड २०८२”

मोडल बिजेन्द्र नौबागेले हात पारे “बर्ष सर्बोउत्कृष्ट आधुनिक गित म्युजिक भिडियो मोडल अवार्ड २०८२”

बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौं । “गित सङ्गीत र साहित्य को संगम ,अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन” भन्ने मुल नाराका साथ नेपाल चलचित्र बिकास बोर्ड चाबहिल मा काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेट प्रेश को आयोजना मा चौथो काव्य म्युजिक अवार्ड २०८२ सम्पन्न भयको छ ।

    बरिष्ठ चलचित्र नायक कृष्ण मल्ल को प्रमुख आतिथ्यमा दक्षिण काली अफसेटप्रेश का अध्यक्ष टपेन्द्र केसि को सभापतित्वमा कार्यक्रम संम्योजक रमेश श्रेष्ठले गर्नु भयको थियो । उक्त अवार्ड कार्यक्रममा लोकप्रिय सर्जक, मोडल बिजेन्द्र नौबागे बर्ष सर्बोउत्कूष्ट आधुनिक गित म्युजिक भिडियो मोडल अवार्ड २०८२ बाट अवार्ड द्दारा पुरस्क्रृत हुन सफल । यसै  बिच बिभिन्न क्षेत्रमा आबद्द योगदान पु¥याएका समाजसेवी , व्यवसाय, स्रष्टा, सर्जक साथै कलाकारहरुलाई अवार्ड साथै सम्मानपत्र द्दारा पुरस्क्रृत गरिएको  थियो ।

    उहाँ बिगत २०६३,६४ साल देखि अनवरत नेपाली गित संगितको क्षेत्रमा आफ्नो निरन्तर रुपमा गित संगित सिर्जना र भिडियो अभिनय मार्फत दर्शक, स्रोस्ताहरु माझ एकछत्र मन जित्दै आफुलाई स्थापित कलाकार बनाउन सफल हुनुभएको छ ।

    आज उहाँको सिर्जना अभिनयको मुल्याङ्घन गर्दै आयोजक चौथो काव्य म्युजिक अवार्ड २०८२ ले अवार्डद्दारा सम्मान गरेको छ । उक्त कार्यक्रम दिपेन्द्र शाहीले सन्चालन गरेका थिए भने सभापतिको अनुमति लिई रमेश श्रेष्ठले समापन मन्तव्य राख्दै कार्यक्रमको समापन गरेका थिए ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij