२०८३, आश्विन १ गते

Sep 17 2026

दोलखाको विगुमा पहिरो, लप्चीमा अड्किए पर्यटक

दोलखाको विगुमा पहिरो, लप्चीमा अड्किए पर्यटक

मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौँ  ।  दोलखाको विगु गाउँपालिका-१ लप्ची पुग्ने एक मात्र पैदलमार्गमा पहिरो खसेको छ । जसकारण लप्ची पुगेका पर्यटक र स्थानीय सम्पर्क विच्छेदमा परेका छन् । 

    मंगलबार बिहान लप्ची गाउँको पैदलमार्गअन्तर्गत देउरालीमा भीषण पहिरो खस्दा पैदलमार्ग पूर्णरूपमा बन्द भएको गैरीशंकर संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले बताए । उनका अनुसार पर्यटकीय सिजन भएकाले त्यस क्षेत्र घुम्न जाने बाटोबाटै फर्किएका छन् । लप्ची पुगेकाहरू पहिरोका कारण अड्किएका छन् । लप्चीमा अड्किएका पर्यटकको संख्या यकिन भइसकेको छैन ।

    पहिरो पन्छाएर पैदलमार्ग संचालनमा ल्याउन केही दिन लाग्ने उनले बताए । तत्काल लागि त्यसतर्फ जान रोक लगाइएको छ ।

    निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाले जथाभावी सडक खन्ने र विस्फोटक पदार्थ प्रयोग गर्दा त्यस क्षेत्रमा पटकपटक पहिरो जान थालेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij