२०८३, आश्विन १ गते

Sep 17 2026

राष्ट्र बैंकको राहतपछि सेयर बजारमा सुधार

राष्ट्र बैंकको राहतपछि सेयर बजारमा सुधार

बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौं । राष्ट्र बैंकले सेयर धितो कर्जामा रहेको एकल ग्राहक कर्जा सीमा हटाएसँगै सेयर बजारमा सुधार देखिएको छ। 

    यही कारण बिहीबार बजार खुल्दा केही मिनेटमै नेप्से चार प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। २० मिनेट कारोबार रोकिएपछि खुलेको बजार सम्हालियो। 

    बजार बन्द हुँदा भने नेप्से परिसूचक २२.५९ (०.८८ प्रतिशत) ले बढेर २५८२ विन्दुमा आएको छ। 

    राष्ट्र बैंकले बैंकहरूले आफ्नो लगानी रहेको सेयर ६ महिना राखेर बेच्न सकिने व्यवस्था समेत गरेको छ। यसअघि यसरी सेयर बिक्री गर्न कम्तिमा एक वर्षको अवधि पुरा भएको हुनुपर्दथ्यो। 

    त्यस्तै, एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था हटाएको छ। 
    यी घटनाले बजारमा सकारात्मक प्रभाव पार्ने भएकोले बिहीबार नेप्से बढेको हो। 

    तर, अझै पनि देशभित्रको राजनीतिक अवस्था अन्योल रहेकोले लगानीकर्ताहरू सचेत भएर लगानी गरिरहेका छन्। यही करण पनि बिहीबार पहिलो सत्रमा नेप्से उच्चले बढेपनि वृद्धिदर घटेको हो।   

    बिहीबार व्यापारमूलकबाहेक सबै समूहगत परिसूचक बढेका छन्। लगानी र जीवन बीमा  समूहमा सबैभन्दा धेरैले बढेको छ। व्यापरमूलक समूह १.४८ प्रतिशतले घटेको छ। 

    यसदिन तीन सय १३ लगानी उपकरण कारोबारमा आएकोमा दुई सय १९ वटाको मूल्य बढेको छ, ७४ वटाको मूल्य घटेको छ। बाँकीको स्थिर छ। 

     

    बिहीबार पाँच अर्ब २७ करोड रूपैयाँको सेयर कारोबार भएको छ। बुधबार पाँच अर्ब ७६ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij