२०८३, आश्विन १ गते

Sep 17 2026

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौं। सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको छ ।

    चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी रु तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij