२०८३, आश्विन २ गते

Sep 18 2026

मोहन थापाको 'जब यादले सताउँछ' सार्वजनिक

मोहन थापाको 'जब यादले सताउँछ' सार्वजनिक

मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौं ।  मोहन थापाले आफ्नो पहिलो गीत 'जब यादले सताउँछ' लाई नेपाली संगीत बजारमा सार्वजनिक गरेका छन्। केही दिनअघि म्युजिक भिडिओसहित रिलिज  गीतलाई यतिबेला राम्रो प्रतिक्रिया मिलिरहेको छ।

    गीतमा जीवनका भावनात्मक उतारचढाव, मायाका सम्झनाहरू र वियोगका पीडालाई कुमार जोशीका शब्दमार्फत प्रस्तुत गरिएको छ। गीतलाई ज्योति भण्डारीले निर्माण गरेका छन्। पेशाले १५ वर्षदेखि मानव संसाधन क्षेत्रमा संलग्न मोहन थापाले संगीतप्रतिको आफ्नो जीवनभरको चाहना यस गीतमार्फत व्यक्त गरेका छन्। 

    भिडिओ निर्माण, निर्देशन, क्यामेरा सञ्चालन तथा सम्पादन नितेश लामाले गरेका छन्। भिडिओमा कलाकार दिपेन्द्र खत्री र अनिशा ओलीको भावनात्मक अभिनय छ।

    गीत अहिले युट्युब र स्पटिफाई र अन्य डिजिटल प्लेटफर्महरूमा समेत उपलब्ध रहेको मोहनले बताए।

    https://youtu.be/jF2KAsXjvi0?si=vcgwsc3zxW8QonxQ

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij