२०८३, आश्विन १ गते

Sep 17 2026

नक्कली पेस्तोल देखाई लुटपाट गर्ने व्यक्ति पक्राउ

नक्कली पेस्तोल देखाई लुटपाट गर्ने व्यक्ति पक्राउ

मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौं । नक्कली पेस्तोल देखाई लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका-२० भलाम बस्ने पर्वत मोदी गाउँपालिका-१  घर भएका २४ वर्षीय सुजन विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

    पोखरा महानगरपालिका-१२ शितलादेवी बस्ने पीडितलाई पेस्तोल देखाई लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई नक्कली पेस्तोल (खेलौना) १ थान सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.१३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij