२०८३, आश्विन २ गते

Sep 18 2026

एक वर्षपछि २५ सय मुनि आयो नेप्से

एक वर्षपछि २५ सय मुनि आयो नेप्से

बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौं । लगातार घट्न थालेको नेप्से परिसूचक बिहीबार १८.४० अंकले घटेर बजार बन्द हुँदा २४८७ मा आइपुगेको छ। 

    नेप्से एक वर्षपछि पहिलो पटक बजार बन्द हुँदा २५ सय मुनि आएको हो। यसअघि २०८१ असोज १३ गते २४६४ विन्दुमा आएर बजार बन्द भएको थियो। 

    बिहीबार कारोबार रकम सामान्य बढेको छ। बुधबार तीन अर्ब १० करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार तीन अर्ब २७ करोड रूपैयाँको कारोबार भएको हो। 

    तीन दिनदेखि कारोबार रकम तीन अर्बकै आसपासमा छ। कारोबार रकम घट्दै जान थालेको हो। यसअघि दैनिक पाँच अर्बदेखि १२ अर्ब रूपैयाँसम्म कारोबार भइरहेको थियो।

    बिहीबार तीन सय ११ लगानी उपकरण कारोबारमा आउँदा ७३ वटाको मूल्य बढेको छ। दुई सय २१ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ। 

    कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष र बैंकिङ बोहक सबै समूह घटेका छन्। यी दुवै समूहगत परिसूचक ०.५ प्रतिशतभन्दा पनि कम दरमा बढेका हुन्। 

    हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशतले मूल्य बढेको छ। कम्पनीको चार सय ६५ रूपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै १० प्रतिशतले मूल्य घटेको छ। 

    तीन दिनदेखि लगातार १० प्रतिशतले घटेर कम्पनीको सेयर कारोबारमा सर्किट ब्रेक लाग्दै आएको छ। कम्पनीको एक हजार आठ सय ७५ रूपैयाँमा अन्तिम कारोबार भएको हो। 

    मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै १५ करोड ३० लाख रूपैयाँको सेयर कारोबार भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij