२०८३, आश्विन १ गते

Sep 17 2026

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता

शुक्रवार, कार्तिक १ २०८२
शुक्रवार, कार्तिक १ २०८२
  • काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरू गरेको छ। 

    उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रूपैयाँको एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ। 

    उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाले जानकारी दिए। 
     
    यसैगरी, १७ करोड ५८ लाख रूपैयाँ बक्यौता रहेको सिमराकै अर्को अशोक स्टिलले पनि पहिलो किस्ता बुझाएको छ। अशोकले २८ किस्ताको सुविधा लिई ६३ लाख रूपैयाँ बुझाएको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij