२०८३, आश्विन १ गते

Sep 17 2026

कल लिक भएपछि प्रधानमन्त्रीको राजीनामाको माग गर्दै व्यापक प्रदर्शन

कल लिक भएपछि प्रधानमन्त्रीको राजीनामाको माग गर्दै व्यापक प्रदर्शन

रोज नेपाल
सोमवार, आषाढ १६ २०८२
रोज नेपाल
सोमवार, आषाढ १६ २०८२
  • थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्राको विरोधमा हजारौँ मानिसहरू बैंककको सडकमा उत्रिएर उनको राजीनामाको माग गरेका छन्।

    सिनावात्रा र कम्बोडियाका पूर्व नेता हुन सेन बिचको फोन वार्ता लिक भएपछि प्रधानमन्त्रीविरुद्ध विरोध प्रदर्शन भएको हो।

    हालै दुई देशबिचको सीमामा भएको घटनाको बारेमा गरिएको उक्त फोनवार्तामा सिनावात्राले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्दै विवाद सम्हालिरहेका थाई सैन्य कमाण्डर ‘केवल राम्रो देखिन चाहेको र कुनै उद्देश्य पूरा नगर्ने बयान दिएको’ बताएकी थिइन्।

    यो कुराले थाइल्याण्डमा जनतामा आक्रोश निम्त्याएको छ भने सत्तारुढ गठबन्धनको एक प्रमुख सहयोगीको राजीनामा पनि आएको छ। यद्यपि सिनावात्राले फोन कलका लागि माफी मागेकी छिन् । उनले यसलाई 'वार्ताको तरिका' भन्दै बचाउ पनि गरेकी छन्।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij