२०८३, कार्तिक २० गते

Nov 05 2026

प्राकृतिक प्रकोप र अवरुद्ध सडकले ओझेलमा तिनतले झरना, स्थानीयलाई दोहोरो मार

प्राकृतिक प्रकोप र अवरुद्ध सडकले ओझेलमा तिनतले झरना, स्थानीयलाई दोहोरो मार

रोज नेपाल
बुधवार, चैत्र २५ २०८२
रोज नेपाल
बुधवार, चैत्र २५ २०८२
  • बेथानचोक, काभ्रे |
    बेथानचोक गाउँपालिका वडा नं. १ मा अवस्थित पर्यटकीय सम्भावना बोकेको तिनतले झरना पछिल्लो समय गुमनाम बन्दै गएको छ। उचित सडक पहुँचको अभाव र प्राकृतिक विपत्तिका कारण यहाँ पर्यटकको आवतजावत उल्लेख्य रूपमा घटेको स्थानीयले बताएका छन्।


    गत असोज १२ गते आएको भीषण बाढीले झरनाको संरचना पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। बाढीका कारण झरनाको प्राकृतिक स्वरूप बिग्रनुका साथै वरपरका पदमार्ग र पहुँच मार्ग समेत अवरुद्ध भएका छन्। यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटक आउन कठिन भएको छ।


    स्थानीय बासिन्दाका अनुसार झरना क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सम्बन्धित निकायले ध्यान नदिँदा यो महत्वपूर्ण पर्यटकीय गन्तव्य ओझेलमा परेको हो। “पहिला यहाँ पर्यटकहरू आउँथे, अहिले बाटो बिग्रिएपछि कोही आउँदैनन्,” एक स्थानीयले बताए।
    झरनामा पर्यटक घटेपछि त्यस क्षेत्रका होटल, पसल तथा अन्य साना व्यवसायमा प्रत्यक्ष असर परेको छ। आम्दानीको प्रमुख स्रोत गुम्दा स्थानीयवासी आर्थिक रूपमा प्रभावित भएका छन्।


    स्थानीयहरूले सडक मर्मत, झरनाको पुनःनिर्माण तथा पर्यटन प्रवर्द्धनका लागि सम्बन्धित निकायसँग माग गरेका छन्। यदि समयमै आवश्यक पहल नगरिए तिनतले झरना पूर्ण रूपमा गुमनाम हुने खतरा बढ्दै गएको देखिन्छ। 
                        

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij